१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १८:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सात वर्षीया बालिका शिक्षकबाटै बलात्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५३:oo

महोत्तरीमा एक सात वर्षीया बालिका शिक्षकबाटै बलात्कृत भएकी छिन्। बलात्कार आरोपित गौशाला नगरपालिका– ५ स्थित गौशाला एकेडेमीका शिक्षक जुगलकिशोर साहलाई प्रहरीले पक्राउ गरेको छ।

गौशाला– ११ बटौवा टोल बस्ने ३३ वर्षीय साह विद्यालयका सञ्चालकसमेत हुन्। साहले बिहीबार टिफिन समयमा ललाइफकाई विद्यालय भवनको छतमा लगी बलात्कार गरेको बताइएको छ। अभिभावकले छोरी बिरामीजस्तो देखेपछि सोधपुछ गर्दा घटना बाहिरिएको र शुक्रबार बिहान इलाका प्रहरी कार्यालय गौशालामा घटनाबारे जानकारी गराएका थिए।

घटनाबारे जानकारी पाएलगत्तै आरोपी साहलाई पक्राउ गरी पीडित पक्षको जाहेरीको आधारमा मेडिकल जाँचसमेत गराई मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए। प्रहरीले जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर घटनाको अनुसन्धान अघि बढाएको छ।