१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रुद्रलाल समाजसेवा पुरस्कार भूमि अधिकारकर्मी राजगोपाललाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:४५:oo

यस वर्षको रुद्रलाल समाजसेवा पुरस्कार भारतका गान्धी चिन्तक एवं समाजसेवी तथा भूमि अधिकारकर्मी राजगोपाल पिभीलाई प्रदान गरिएको छ।

छत्रलक्ष्मी–रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानले शुक्रबार एक कार्यक्रममा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सो पुरस्कारका साथ पिभीलाई सम्मान गरेका थिए।

नेपाल पत्रकार संघका संस्थापक सदस्यसमेत रहेका रुद्रलाल मुल्मी नेपालका सुरुताकाका समाजसेवी तथा गान्धी चिन्तक हुनुका साथै नेपाली मौलिक कपडा प्रवर्द्धन गर्ने व्यक्तित्वका रूपमा पनि चिनिन्छन्।

मुल्मी र भारतका राजगोपाल पिभीको योगदान उस्तैखाले पाइएको र निस्वार्थ रूपमा भूमि अधिकारका लागि लाखौँ भूमिहीनको पक्षमा तीन सय ५० किलोमिटरसम्म पैदल र्‍याली गरी जनताको सेवा गरेकाले सम्मान गरिएको कार्यक्रम आयोजकले जनाएको छ।

ad
ad