Skip This
लमजुङको सुन्दरबजारमा कौडा खेल्दै गरेका ११ जना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर ८ शुक्रबार १o:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङको सुन्दरबजारमा कौडा खेल्दै गरेका ११ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १o:o३:oo

पक्राउ परेकाको साथबाट एक लाख २४ हजार दुई सय ९५ रुपैयाँ नगदसहित १६ गोटी कौडा बरामद

लमजुङको सुन्दरबजारमा कौडा खेल्दै गरेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुन्दरबजार नगरपालिका– ६, खत्रीठाँटीमा घरधनी सुवास श्रेष्ठसहित जुवा खेल्दै गरेका ११ जनालाई  बिहीबार राति पक्राउ गरेको हो ।  

उनीहरूको साथबाट १६ गोटी कौडा, नगद एक लाख २४ हजार दुई सय ९५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईले बताए। 

उनका अनुसार एकादशीको दिन हारजितको बाजी राखेर कौडा खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय भोटेओडार र सुन्दरबजारको प्रहरी टोलीले श्रेष्ठको घरमा छापा मारेको थियो । पक्राउ परेकाको अनुसन्धानका लागि आज म्याद थप अनुमति लिई अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।