१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभाको चुनाव ११ माघमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:१४:oo

अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसद बिदा हुँदै

राष्ट्रिय सभा सदस्य निर्वाचन ११ माघमा हुने भएको छ । निर्वाचन आयोगका पदाधिकारीसँगको परामर्शपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ माघमै चुनाव हुने बताएका हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको कार्यकाल २० फागुनमा सकिँदै छ ।

राष्ट्रिय सभामा सदस्यको पद रिक्त हुनु ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । यो व्यवस्थाअनुुसार १५ माघभित्र रिक्त सदस्यको पद पूर्तिका लागि निर्वाचन सम्पन्न गरिसक्नुपर्छ । तर, आयोगले अन्य तयारीलाई ध्यानमा राखेर ११ माघमा चुनाव गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन आयोगको परामर्शमा सरकारले मिति तोक्ने व्यवस्था छ । प्रमुख आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीले बिहीबार प्रधानमन्त्री दाहाललाई भेटेर ११ माघमा चुनाव गर्न उपयुक्त हुने परामर्श दिएका छन् । ‘निर्वाचनको आवश्यक तयारी र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने समयसमेतलाई मध्यनजर गरी निर्वाचन मिति तोक्न उपयुक्त हुने देखिएकाले माघ ११ गते बिहीबारका दिन निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई आयोगले परामर्श दिएको छ,’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । 

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय हुने जानकारी गराएका थिए । ‘प्रधानमन्त्रीज्यूले आयोगले उपयुक्त ठह¥याएको मिति ११ माघमै निर्वाचन मिति तोक्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै आवश्यक तयारीमा लाग्न र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न शुभकामना दिनुभएको छ,’ प्रमुख आयुक्त थपलियाले भने । 

कार्यकाल सकिन लागेका २० जना सांसद ०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेकाहरू हुन् । निर्वाचनका लागि आयोगले ०७८ को जनगणनाअनुसार नयाँ मतभार कायम गरिसकेको छ । पछिल्लो मतभारमा एक प्रदेश सांसदको ५३ र एक पालिका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको १९ मतभार कायम भएको छ । यसअघि प्रदेश सांसदको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ मतभार थियो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद, नगरपालिका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता हुन्छन् ।