१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ७ बिहीबार १३:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

९९ लाख र पैसा गन्ने मेसिनसहित हुन्डी कारोबारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार १३:२८:oo

हुन्डी, क्रिप्टो कारोबार, अनलाइन जुवालगायतको अपराधमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंको बागबजारबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ४८ वर्षका  रूपेश श्रेष्ठलाई पक्राउ गरेको हो। उनीसँग ८९ लाख ६९ हजार नेपाली र सात हजार अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ। 

बागबजारस्थित घरबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीसँग पैसा गन्ने मेसिनसमेत बरामद भएको छ।

हुन्डीका साथै क्रिप्टो कारोबार, अनलाइन जुवालगायत विषयमा विस्तृत अनुसन्धान गरिने सिआइबीकी एआइजी किरण बज्राचार्यले बताइन्।