१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा एकै परिवारका तीनजना मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३९:oo

धनकुटा नगरपालिका– १ निगालेमा एकै परिवारका तीनजना मृत फेला परेका छन्। स्थानीय ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ र १० वर्षीय छोरा आयुष गुरुङ आज बिहान घरभित्रै मृत अवस्थामा फेला परेका हुन्।

टीकाराम झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। उनकी श्रीमती भीमा र छोरा आयुष पनि घरभित्रै मृत भेटिएका छन्। चारजनाको परिवार रहेको गुरुङकी ६ वर्षीया छोरी आशिका भने सकुशल छिन्। 

संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएको गुरुङ परिवार करिब १२ वर्ष अघिदेखि निगालेस्थित लाल श्रेष्ठको खाली घरमा बस्दै आएकाे थियाे। गुरुङको परिवारले दैनिक ज्याला–मजदुरी गर्दै आएकाे थियाे। छोरी आशिकाले घरमा बुबा–आमाबीच झगडा भएको भन्दै छिमेकीलाई सुनाएपछि घटना थाहा भएको थियो। 

घटना राति १ बजेतिर भएको थियो। अहिले जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले घटनाको मुचुल्का गरी लास पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ।

घटनाको प्रकृति हेर्दा झगडाका क्रममा टीकारामले श्रीमती र छोराको हत्या गरी आफुले झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जनले बताए। टीकाराम मानसिक रोगी भएकाले नियमित औषधि सेवन गर्दै आएका थिए ।