१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सम्पत्ति बेचेर सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने मेयर नेपालीकाे वाचा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४८:oo

दुई अर्ब ठगी आरोपी मेयर नेपाली ६ महिनापछि सामाजिक सञ्जालमा

६ महिनादेखि फरार रहेका बागलुङको इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने वाचा गरेका छन् । ‘सहकारीको समस्या समाधानका लागि सम्पूर्ण बचतकर्ताको नाममा आफू र श्रीमतीको नाममा भएको घरजग्गा मालपोत कार्यालयमा गई हस्तान्तरण गर्न चाहेकाले त्यसका लागि वातावरण बनाइदिन अनुरोध छ,’ उनले मंगलबार फेसबुकमा लेखेका छन् । 

पोखरा र बागलुङमा रहेकाे इमेज सहकारी समस्यामा परेपछि उनी परिवारसहित ५ जेठबाट फरार थिए । नेपालीसहितका सहकारीका ११ पदाधिकारीले दुई अर्ब दुई करोड ठगी गरेको आरोप छ । तर, नेपालीसहित पदाधिकारीविरुद्ध बागलुङ जिल्ला अदालतमा एक अर्ब ३८ करोड बिगोदाबीसहितको मुद्दा २५ असारबाट जिल्ला अदालत बागलुङमा विचाराधीन छ भने जिल्ला अदालत कास्कीमा पनि मुद्दा छ । बागलुङ अदालतले इमेजका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरू प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई यसअघि नै थुनामा राख्न आदेश दिएको थियो । अदालतमा मुद्दा चलिरहेको र प्रहरीले सातजनाको खोजी तीव्र पारेका वेला नेपाली सामाजिक सञ्जालमा आएका हुन् ।

‘सहकारीमा समस्या परेपछि सेयर सदस्य र बचतकर्ताको विशेष भेला राखी ६ महिनाभित्र समस्या समाधान गर्ने भनिएको थियो । तर, केही बचतकर्ता ६ महिनासम्म पनि पर्खन सकेनन्, घरमा हतियारसहित आई डरधम्कीसँगै ज्यान मार्ने धम्की दिने काम भयो,’ उनले लेखेका छन्, ‘६ लाख बचत भएकाले पाँच करोडको घरजग्गा पास गर्न भनेर दबाब दिने कामसमेत भयो । डरधम्की र मुद्दा दर्ताका कारण बाहिर निस्केर काम गर्ने अवस्था भएन । केही समयका लागि घरबाहिर बस्न बाध्य भएँ ।’ 

नेपालीले बागलुङ, कास्कीको पोखरा र काठमाडौंमा १८ घर र ४४ स्थानमा जग्गा रहेको बताएका छन् । बागलुङमा नौ, पोखरामा तीन र काठमाडौं ६ वटा घर रहेको तथा बागलुङमा ३३, पोखरामा ६ र काठमाडौं पाँच कित्ता गरी ४४ स्थानमा ४४ कित्ता जग्गा आफ्नो र परिवारको नाममा रहेको उल्लेख गरेका उनले सम्पत्ति बेचेर रकम फिर्ता गर्ने दाबी गरेका छन् । 

नेपालीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा पाँच सय २५ र बागलुङमा एक हजार पाँच सय ४३ जना गरी दुई हजार ६८ जना बचतकर्ताले जाहेरी दिएका थिए । 

बागलुङका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काका अनुसार बागलुङमा उनीसहित सहकारीका पदाधिकारीविरुद्ध एक अर्ब ३८ करोड बिगो माग गरेर मुद्दा चलाइएको छ । नेपालीले मंगलबार सामाजिक सञ्जालमा आफ्नो भनाइ सार्वजनिक गरे पनि उनी कहाँ छन् भन्ने जानकारी प्रहरीलाई नभएको खड्काले बताए । कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकका अनुसार ५८ करोड ठगीको उजुरी आएको छ । पोखरा महानगरले बनाएको समितिले इमेजको पोखरा कार्यालयमार्फत ६४ करोड हिनामिनाको निष्कर्ष निकालेको थियो ।

नेपाली सम्पर्कविहीन भएसँगै पक्राउ पुर्जी जारी भएको थियो भने अध्यागमन विभागले यात्रा अनुमति रद्द गरेको थियो । उनी ढोरपाटन नगरपालिकामा एमालेबाट निर्वाचित मेयरसमेत हुन् । एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत रहेका नेपालीलाई प्रदेश कमिटीको ९ जेठमा बसेको बैठकले घटनाको निरूपण नहुँदासम्मका लागि पार्टीबाट निलम्बनसमेत गरेको थियो ।