१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:o४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रियस्तरको साइकल दौड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o४:oo

अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रिय साइक्लिङ रेस ‘याक अट्याक’ आइतबारदेखि सुरु भएको छ । यो विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइक्लिङ प्रतियोगिता हो । उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०२३ साइकल दौड प्रतियोगिता लमजुङको बेँसीसहरबाट सुरु भएको हो । याक अट्याक इन्टरनेसनल बाइकिङ सिरिजको यो १५औँ संस्करण हो । 

प्रतियोगीले समुद्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्नेछन् । साइक्लिङमा नेपालसहित नौ देशका २६ प्रतियोगी सहभागी छन् । प्रतियोगीहरू बेँसीसहरबाट मनाङको ताल हुँदै माथिल्लो मनाङ, पाँच हजार चार सय १६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ गरी मुक्तिनाथ, जोमसोमबाट पोखरा आएर प्रतियोगिता सम्पन्न हुनेछ । 

प्रतियोगिता माउन्टेन बाइक वल्र्ड वाइड लिमिटेड र नेपाल पर्यटन बोर्डलगायतको सहकार्यमा सञ्चालन गरिएको हो ।  नेपालको उच्च हिमाली क्षेत्र उत्तम भएकाले नेपालमा प्रतियोगिता आयोजना गरिएको याक अट्याक कार्यक्रमका प्रबन्धक अजय पण्डित क्षेत्रीले बताए । 

प्रतियोगिताबाट नेपालको पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्ने उनको भनाइ छ । पैदल यात्राका लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा साइकल दौड प्रतियोगिता आयोजना हुँदा विश्वकै ध्यानकेन्द्रित भएको उनले बताए ।