१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीसँग एकता गर्ने नेसपाको सर्वसम्मत निर्णय, एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्ने समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:४९:oo

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादीसँग एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ। 

पार्टी कार्यालयमा मंगलबार बसेको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको हो। बुधबार बस्ने केन्द्रीय समिति बैठकले निर्णय अनुमोदन गर्ने भएको छ। 

बैठकले अध्यक्ष डा. भट्टराईको संयोजकत्वमा एकता संयोजन समिति गठन गरेको हो। समितिमा अर्का अध्यक्ष यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोब र महासचिव रमेश यादव छन्।

कार्यकारिणी बैठकले पार्टी एकता संयोजन समिति बनाउने, माओवादीसँग एकता गर्ने र अन्य पार्टीसँग पनि एकताका लागि छलफल गर्दै जाने निर्णय गरेको अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए। उनले एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्ने सैद्धान्तिक समझदारी भएको पनि बताए।