१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उच्च अदालतमा ६ मुख्य न्यायाधीश नियुक्तिको सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४१:oo

न्याय परिषद्ले उच्च अदालतमा ६ मुख्य न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले ६ न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो।

उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीश लोहितचन्द्र शाह, उच्च अदालत सुर्खेतका माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरका रमेशप्रसाद राजभण्डारी, उच्च अदालत सुर्खेतका श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुर बुटवल इजलासका नित्यानन्द पाण्डे र उच्च अदालत जनकपुरकी शान्तिसिंह थापा सिफारिसमा परेका छन्।

परिषद्ले शाहलाई सुर्खेत, पोखरेललाई पोखरा, राजभण्डारीलाई विराटनगर, पौडेललाई जनकपुर, पाण्डेलाई तुलसीपुर र थापालाई दिपायलको मुख्य  न्यायाधीशमा सिफारिस गरेको हो।

परिषद्ले आजै सर्वोच्च अदालतमा पनि ६ न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको छ।