मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
रासस गण्डकी
२०८० मङ्सिर ५ मंगलबार १७:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रूपा तालमा माछाका १० हजार भुरा छाडिए

Read Time : < 1 मिनेट
रासस, गण्डकी
२०८० मङ्सिर ५ मंगलबार १७:४८:००

विश्व मत्स्य दिवसका अवसरमा कास्कीको रूपा तालमा १० हजार माछाका भुरा छाडिएका छन्। मत्स्य अनुसन्धान केन्द्र पोखरा, रूपाताल पुनर्स्थापना तथा मत्स्यपालन सहकारी संस्था र नेपाल फिसिरिज सोसाइटीको सहआयोजनामा मंगलबार रूपा तालमा माछाका भुरा छाडिएका हुन्।

‘स्वदेशी माछाः पोषण र जीवकोपार्जनको आधार’ नाराका साथ स्वदेशी जातका माछाका भुरा छाड्ने र ताल तथा रैथाने माछा संरक्षण सचेतना कार्यक्रमअन्तर्गत सहर, रहु र नैनी प्रजातिका माछाका भुरा छाडिएका हुन्।

कार्यक्रममा मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा. मो इकवाल हुसेनले तालतलैयाको संरक्षणसँगै रैथाने प्रजातिका माछाको संरक्षण गर्नु आवश्यक भएको बताए। जलाशयको प्रदूषण हटाउँदै जलीय सन्तुलनलाई जोगाउन सबै सचेत बन्नुपर्ने उनले बताए।

रूपा ताल मत्स्यपालनका साथै सिपिमा मोती खेतीका लागि उपयुक्त स्थल भएको उल्लेख गर्दै प्रमुख हुसेनले आगामी एक महिनाभित्रमा सिपिमा मोती खेती प्रविधिबारे तालिम प्रदान गरिने पनि जानकारी दिए।

रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रैथाने माछाको संरक्षणसँगै तालको जलाधार क्षेत्र वरपर ताल संरक्षण हुने गरी बाली विकास गर्नु जरुरी रहेको बताए। उत्पादनसँग व्यक्ति तथा जनसमुदायलाई जोड्न आवश्यक भएको उल्लेख गर्दै उनले तालको संरक्षण र उपयोगमा सबैको सामूहिक प्रयास हुनुपर्ने बताए।