१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

दीपक मनाङेले फिल्म ‘कंगारू’ निर्माण गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३१:oo

‘लाखे’का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘कंगारू’ राखिएको छ।

राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए।

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मससँग आस्याप इन्टरटेनमेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो। फिल्ममा प्रेम थापा र धनबहादुर गुरुङको लगानी रहनेछ।

फिल्मको सहनिर्मातामा रोनिशबहादुर बस्नेत र निशान श्रेष्ठ छन्। टीका भण्डारी र सन्तोष अधिकारी (अस्ट्रेलिया) कार्यकारी निर्माता रहेको यो फिल्मको लाइन प्रोड्युसरमा आस्याप इन्टरटेनमेन्ट (अस्ट्रेलिया) रहेको छ।

फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ। फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स (युके)ले पनि सहकार्य गरेको छ।

फिल्मको विषयमा निर्देशक बस्नेत भन्छन्, ‘कंगारूका लागि हामीले स्क्रिप्टमा मात्र दुई वर्ष समय लगाएका छौँ। दर्शकले यसपटक फरक स्वादमा फिल्म हेर्न पाउनुहुनेछ।’ छिट्टै कलाकार फाइनल गरेर फागुनदेखि नै फिल्म छायांकन सुरु हुने बताइएको छ।