१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा देखिएन सुधार, कारोबार रकममा पनि गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४७:oo

नेप्से परिसूचक २३.८२ अंकले घटेर एक हजार आठ सय २९.६५ विन्दुमा आइपुगेको छ।

तिहारपछि खुलेको बजारमा सोमबार सामान्य अंकले बढे पनि मंगलबार पुनः गिरावट आएको हो। सोमबारको बजारलाई बैंकहरूले मंसिरमा निक्षेपको ब्याजदर घटाएसँगै बजार सकारात्मक बन्न पुगेको थियो।  बजार घटेसँगै मंगलबार लगानीकर्ताहरू पुन: निराश बन्न पुगेका छन्।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ८५ कम्पनीको ३६ लाख ७५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ। 

सोमबार करिब दुई सातापछिको कारोबारपछि एक अर्बको कारोबार भए पनि मंगलबार बजार घटेसँगै कारोबार पनि घटेको छ।  यस दिन सर्वाधिक कारोबार हिमालयन डिस्टिलरीको सात करोड ७८ लाख रुपैयाँको भएको छ। 

त्यस्तै,सोनापुर मिनिरल्स एन्ड आयल, शिवम् सिमेन्ट, सोल्टी होटेल र हाथवे इन्भेस्टमेन्ट नेपालको दुई करोड रुपैयाँदेखि चार करोड ३९ लाख रुपैयाँसम्मको कारोबार भएको छ।

घटेको बजारमा मेन्चियम हाइड्रो पावर कम्पनीको ८.१३ प्रतिशतले बढेको छ भने बिपिडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ। एनएमबी शुलभ इन्भेष्टमेन्ट फन्डको ६.१४ प्रतिशतले बढेको छ।

माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य  ९.९४ प्रतिशतले घटेको छ। त्यस्तै, महिला लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, नेस्डो समृद्धि ७.२७ प्रतिशतदेखि ८.४६ प्रतिशतसम्मले घटेको छ।