१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ५ मंगलबार १३:५४:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘द सेल्फिस सिटी’का कविता हन्टर स्ट्रिटको प्रेक्षालयमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार १३:५४:oo

एकमहिने अस्ट्रेलिया भ्रमणमा रहेका कवि भोजकुमार धमलाले अस्ट्रेलियाको परामाटामा आफ्नो अंग्रेजी कविता कृति ‘द सेल्फिस सिटी’का कविता वाचन गरेका छन्।

धमलाले अर्वन पोएट्स एन्ड राइटर्स भन्ने संस्थाको निम्तोमा वेस्टवर्डस् सेन्टर फर क्रिएटिभ राइटिङ, हन्टर स्ट्रिट, पारामाटाको प्रेक्षालयमा आफ्ना कविता वाचन गरेका हुन्। कवि धमलाले नेपाली साहित्यलाई अन्तरदेशीय साहित्यबीच घुलमिल गराउन पाउँदा आफू निकै खुसी भएको बताए।

उनले ‘द सेल्फिस सिटी’ नेपाली माटोको सुवास बोकेको कृति भए पनि यसले संसारमा मानिसले भोग्ने गरेका साझा कथा, प्राकृतिक प्रेम, घृणा तथा विरक्तिको प्रतिनिधित्व गरेको बताए।

यस समारोहमा अस्ट्रेलियन कविहरू डेभिना बेडफोर्ड, म्याथ्यु डी सिल्भा, ल्युक बेल्यांड, मार्क मारुसिक तथा नीता हान्डाले पनि आ–आफ्ना समसामयिक कविता वाचन गरेका थिए। कार्यक्रम सञ्चालक कवि ड्यानी गार्डरले धमलाको ‘द सेल्फिस सिटी’लाई सबैको साझा कथाको रूपमा स्वीकार गर्नुपर्ने कुरामा कुनै भिन्न मत हुन नहुने कुरालाई जोड दिएका थिए।