१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ५ मंगलबार १३:४७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हान पदाधिकारी र पर्यटनमन्त्रीबीच पर्यटन प्रवर्द्धनबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार १३:४७:oo

होटेल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहसहितका पदाधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग भेट गरेका छन्।

मंगलबार भएको भेटमा मुलुकको पर्यटन प्रवर्द्धनबारे छलफल भएको संघले जनाएको छ। सो अवसरमा संघका अध्यक्ष शाहले मुलुकमा पर्यटन आगमन वृद्धि भए पनि घाटामा सञ्चालन भइरहेको बताए।

मुलुकमा पर्यटन आगमन वृद्धि भए पनि पछिल्लो समय धेरै ठूला होटेल संरचनाहरू सञ्चालनमा आउने क्रम बढेकाले मागभन्दा आपूर्ति बढी भई क्षमताको एकतिहाइ अकुपेन्सीमा सञ्चालन भएकाले घाटाको अवस्था रहेको उनको भनाइ थियो।

अध्यक्ष शाहले सडक, हवाई सञ्जाल र यातायातलगायतका पूर्वाधारमा रहेको कठिनाइका कारण नेपाल आउने पर्यटकहरू अन्यत्रै जाने गरेको बताए। उनले मुलुकको नयाँ क्षेत्रीय विमानस्थल पोखरा र भैरहवालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके मुलुक पर्यटनबाट छिट्टै फड्को मार्न सक्ने हुँदा यसतर्फ राज्यको ध्यान जान जरुरी रहेको बताए।

अध्यक्ष शाहले पर्यटन बोर्ड सम्बन्धमा सार्वजनिक–निजी साझेदारीको संरचनाका लागि गठित कार्यदलले प्रतिवेदनसमेत बुझाएको हुँदा यसको कार्यान्वयनका लागि समेत आग्रह गरे। उनले मुलुकको पर्यटनसम्बन्धी नीति–नियमलाई सहजीकरण गर्दै लगानीमैत्री तथा पर्यटनमैत्री बनाउन आग्रह गर्दै संशोधन हुन लागेको संघीय पर्यटन ऐनले यसलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

प्रतिनिधिमण्डलले बन्दै गरेको क्यासिनो नियमावलीलाई व्यवस्थित र प्रभावकारी बनाई क्यासिनो सञ्चालनमा सहजीकरण गरिनुपर्नेबारे छलफल भएको जनाएको छ। 

उक्त अवसरमा मन्त्री किराँतीले पर्यटक आगमन सन्तोषजनक भएको र आउँदा दिनमा पर्यटनलाई चलायमान बनाई पूर्वाधारहरू समयमै सम्पन्न गरी हवाई सञ्जालसमेत विस्तार गरिने बताए। मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति गठन भई छलफल भइरहेको हुँदा पर्यटनसँग सम्बन्धित जल्दाबल्दा सुझावहरूले महत्व राख्ने बताउँदै उनले पर्यटन दशकका लागि समेत गृहकार्य सुरु भइसकेको जानकारी दिए।