१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १२:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

प्राकृतिक चिकित्साबाट ग्यास्ट्राइटिसको उपचार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o३:oo

पेटका रोगहरूमध्ये एकदमै सामान्य रोग हो, ग्यास्ट्राइटिस । ग्यास्ट्राइटिस अथवा सामान्य भाषामा ग्यास्ट्रिक एक प्रकारको ग्यास्ट्रोइंटेस्टाइनल अवस्था हो, जसले विश्वभरका लाखौँ मानिसलाई असर गरिरहेको छ । यो गम्भीर वा प्राणघातक रोग होइन, तर उपचार नगरी छोडियो भने यसले गम्भीर प्रकृतिको असुविधा र जटिलता निम्त्याउन सक्छ ।

ग्यास्ट्राइटिसको लक्षण
ग्यास्ट्राइटिसका लक्षणहरू व्यक्तिपिच्छे फरक हुन सक्छन् । पेटको माथिल्लो भागमा जलन हुनु वा घाँटी दुख्नु ग्यास्ट्राइटिसको सामान्य लक्षण हो । ग्यास्ट्राइटिस भएको वेलामा वाकवाकी हुन्छ र केही व्यक्तिलाई बान्तासमेत हुन सक्छ । ग्यास्ट्राइटिसले अपच गराउन सक्छ, पेट फुल्ने वा डम्म हुनेजस्ता लक्षण देखा पर्न सक्छ ।

ग्यास्ट्राइटिस भएका धेरै मानिसले भोक कम महसुस गर्छन् । ग्यास्ट्राइटिस बिग्रेको गम्भीर अवस्थामा कालो खालको दिसा हुन सक्छ, जसले पेटमा रगत बगेको संकेतसमेत दिन्छ । कसैकसैमा रगत नै बान्ता हुने अवस्थासमेत आउन सक्छ, यस्तो अवस्थामा तुरुन्त नजिकैको चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

निदान र उपचार

- ग्यास्ट्राइटिसको भए–नभएको थाहा पाउन इन्डोस्कोपी वा बायोप्सी गर्न सकिन्छ । हेलिकोब्याक्टर पाइलोरी संक्रमणको कारणले हुने ग्यास्ट्राइटिसमा ब्याक्टेरिया उन्मूलन गर्ने तरिका अपनाइन्छ । यिनलाई प्रायः पेटको एसिडिटी घटाउने औषधिहरूसँगै लिन सकिन्छ । 

- तनाव व्यवस्थापन गर्नुपर्छ । योग, ध्यान, वा गहिरो सास फेर्ने अभ्यास तथा व्यायामले तनाव कम गर्न सहयोग गर्छ ।

- मदिराबाट टाढा रहनुपर्छ । मसलेदार र अम्लीय खानाहरू एकदमै कम मात्रामा सेवन गर्नुपर्छ । 

- चरम अवस्थामा रहेको ग्यास्ट्राइटिसको उपचारमा औषधि नै सेवन गर्नुपर्ने हुन्छ । सो अवस्थामा पुग्नै नदिन आफ्नो आहार, व्यवहार र जीवनशैलीमा विशेष ध्यान दिनु नै बुद्धिमता हुन्छ । प्राकृतिक उपचारले ग्यास्ट्राइटिसका लक्षणहरू व्यवस्थापन गर्न र पेटको स्वास्थ्यलाई कायम राख्न मद्दत गर्छ । 
यस्तो खानपान 

- केही खानेकुराले ग्यास्ट्राइटिसका लक्षण बढाउन सक्छ । यस्ता सामान्य ट्रिगरहरूमा मसलेदार, अम्लीय र भुटेको खानाहरू पर्छन् । आफ्नो आहारमा यी वस्तुहरू सीमित गर्ने वा सेवन नै नगर्ने गर्नुपर्छ । हाम्रो आहारमा होल ग्रेन्स, फलफूल र तरकारीजस्ता उच्च फाइबरयुक्त खाना समावेश गर्नुपर्छ । फाइबरले पेटको दुखाइ वा जलन कम गर्न मद्दत गर्छ । दही, केफिर र फर्मेन्टेड सागसब्जीजस्ता प्रोबायोटिक्सयुक्त खानेकुरा सेवन गर्न सकिन्छ । प्रोेबायोटिक्सले पेटको ब्याक्टेरियाको स्वस्थ सन्तुलन र पाचनमा मद्दत गर्छ । अदुवा र क्यामोमाइल चियाले समेत पेटलाई शान्त पार्न र दुखाइ कम गर्न मद्दत गर्दछ । अझ अहिले त बजारमा विभिन्न जडीबुटीजन्य चियाहरू पनि प्रशस्त मात्रामा पाइन्छ । यिनको सेवनले समेत ग्यास्ट्राइटिसबाट राहत 
पाउन सकिन्छ ।

- प्रोसेसिङ नगरिएको महमा एन्टिब्याक्टेरियल र एन्टिइन्फ्लेमेटरी गुण हुन्छ । यसलाई मात्रा मिलाएर सेवन गर्दा पनि ग्यास्ट्राइटिसको लक्षण कम गर्न मद्दत गर्छ । धूम्रपान, मद्यपानजस्ता बानी त्याग्नाले समेत ग्यास्ट्राइटिसमा राहत दिलाउन सक्छ । एउटा निश्चित अन्तरालमा एनिमा थेरापी गर्नाले समेत ग्यास्ट्राइटिसबाट राहत पाउन सकिन्छ ।

- पर्याप्त मात्रामा पानी पिउनु उचित पाचन कायम राख्न र निर्जलीकरण रोक्नका लागि महŒवपूर्ण छ । प्रतिदिन कम्तीमा तीन–चार लिटर पानी पिउने गर्नाले पाचन प्रणाली तथा सम्पूर्ण शरीरलाई नै फाइदा पुग्छ । 

- एलोभेराको जुसले पेटको सुजनलाई शान्त पार्न र कम गर्न मद्दत गर्छ । यसका लागि एलोभेराको चार–पाँच क्याप्सुललाई एक गिलास पानी (२५० मिलि) मा घोलेर सेवन गर्न सकिन्छ । यसरी प्रयोग गर्नुअघि भने स्वास्थ्यकर्मी वा प्राकृतिक चिकित्सकसँग परामर्श लिनुपर्छ । बेसारमा पनि एन्टिइन्फ्लेमेटरी गुण हुन्छ । दैनिक बेसारयुÏ पेय पदार्थ सेवन गर्ने वा स्वास्थ्यकर्मीसँग परामर्शपछि कुर्कुुमिन सप्लिमेन्ट सेवन गर्न सकिन्छ ।

ad
ad