Skip This
रुकुम पश्चिममा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ४ सोमबार
  • Saturday, 27 July, 2024
रासस रुकुमपश्चिम
२o८o मङ्सिर ४ सोमबार १८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुम पश्चिममा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, रुकुमपश्चिम
नयाँ पत्रिका
२o८o मङ्सिर ४ सोमबार १८:२८:oo

रुकुम पश्चिममा सोमबार छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ।

चौरजहारी नगरपालिका– १३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका– २ का सपना बुढाका १७ महिनाको छोरा प्रतीक बुढाको जिप दुर्घटनामा परी मृत्यु भएको हो भने सानीभेरी गाउँपालिका– ९ हासिवाङकी ६५ वर्षीया कमला खड्कामगरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।

खड्कामगरलाई सानीभेरी गाउँपालिका– ९ खारखोलास्थित मध्यपहाडी राजमार्गमा आइतबार साँझ अल्फाबेट नखुलेको ४२८८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका थिए।

उनलाई चौरजहारी अस्पतालले थप उपचारका लागि आइतबार नै प्रादेशिक अस्पताल सुर्खेत पठाएको र आज उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। सोही ठाउँकै मोटरसाइकलचालक यमराज विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

आज जिप दुर्घटनामा गम्भीर घाइते भएका ओलीको उपचारका क्रममा चौरजहारी अस्पताल र सपना बुढाको १७ महिलाका छोरा प्रतीक बुढाको एम्बुलेन्समार्फत थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा सल्यानको नेटा भन्ने ठाउँमा मृत्यु भएको थियो। घाइते भएका ६ जनाको मेडिकल कलेज कोहलपुर, चारजनाको प्रादेशिक अस्पताल सुर्खेत र सामान्य घाइते भएका नौजनाको चौरजहारी अस्पताल रुकुम पश्चिममा उपचार भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलंगा आउने क्रममा चौरजहारी– ८ गइरिजिउलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटनामा परेको थियो। जिपमा सवार चालकसहित २२ जना घाइते भएका थिए। जिप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गइरिजिउला सडक खण्डबाट भेरी नदीमा खसेको थियो। 

दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए।