१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस काठमाडौं
Invalid date format १७:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालअधिकारको प्रत्याभूति दिलाउन आयोगको आग्रह

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२७:oo

राष्ट्रिय मानव अधिकार आयोगले बालअधिकारको पूर्ण प्रत्याभूति दिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ। अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा सोमबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय महासन्धि, नेपालको संविधान, कानुनले परिकल्पना गरेको बालअधिकारका प्रावधानलाई प्रत्याभूति गर्न नसकेको भन्दै यस्तो आग्रह गरेको हो।

बालअधिकारका सम्बन्धमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको पालना गर्न–गराउन, बालअधिकारको हननमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न, बालबालिकाको आधारभूत अधिकारको सुनिश्चित गरी बालअधिकारको रक्षा गर्न र बाल सुधारगृहको व्यवस्थित रूपमा सञ्चालनका लागि आवश्यक कार्य गर्न आयोगले भनेको छ।

साथै, आयोगले बालअधिकारको संरक्षण र वकालतमा परिणाममुखी ढंगले कार्य गर्नसमेत सम्पूर्ण नागरिक, अभिभावक, राजनीतिक दल, अधिकारकर्मी र सर्वसाधारणलाई समेत अनुरोध गरेको छ।

हाल मुलुकमा बालबालिकाको जन्मदर्ता र पहिचानमा भएको कठिनाइ, यातना, घरेलु श्रम, जोखिमपूर्ण श्रम, यौन हिंसाको सिकार, शिक्षा र स्वास्थ्यबाट वञ्चित, बेचबिखनको जोखिम, बाल न्यायको अभावजस्ता विषयमा विशेष ध्यान दिन आग्रह गरिएको छ।

कारागारमा अभिभावकसँग आश्रित रहेका बालबालिका पूर्ण मानव अधिकारको उपभोगबाट वञ्चित, बाल सुधारगृह मानव अधिकारमैत्री नहुनु, परिवार र समाजमा बालमैत्री वातावरणमैत्री अभावजस्ता मानवअधिकार उल्लंनका जोखिमको अवस्था यथावत् रहेको र बालअधिकारको हनन तथा बालयौन दुराचारमा संलग्नलाई कानुनबमोजिम कारबाही हुन नसकेको आयोगले औँल्याएको छ।