१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पपीडितलाई अस्थायी आवासकाे पहिलो किस्ता निकासा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४४:oo

जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितलाई राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूको नाममा उक्त रकम सोमबार निकासा भएको हो।

जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो। प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ।

भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने प्रतिघरधुरी ५० हजार रुपैयाँमध्ये पहिलो किस्ता सोमबार नै निकासा गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिएका थिए।

उक्त रकम स्थानीय तहमा तुरुन्तै  पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकिएको छ।

भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूचीअनुसारको निवेदन दिएलगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउने प्रबन्ध गरिएको छ। साथै निर्माण सम्पन्न भएपछि दोस्राे किस्ता २५ हजार रुपैयाँ निकासा हुने प्राधिकरणले जनाएको छ।