१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:२o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तनहुँमा नयाँ उद्योगको पुँजी एक अर्ब २५ करोड, दर्ताबाटै १२ लाख राजस्व संकलन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२o:oo

तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कुल पुँजी रु. एक अर्ब २५ करोडभन्दा बढी छ। 

आर्थिक वर्ष ०७९/८० मा जिल्लामा ६ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी रु. एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रहेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ। 

त्यसमध्ये स्थिर पुँजी रु. ६५ करोड ९५ लाख ७९ हजार पाँच सय र चालू पुँजी रु. ५९ करोड ६१ लाख ५० हजार रहेको कार्यालयका प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिए। उनका अनुसार दर्ता भएका उद्योगमा चार सय पाँच महिला र दुई सय २३ पुरुष गरी ६ सय २८ जनाले रोजगारी पाएका छन् । त्यस्तै, तीन सय ९२ महिला र दुई सय ७४ पुरुष गरी ६ सय ६६ उद्यमी बनेका कार्यालयले जनाएको छ। 

उक्त अवधिमा ५० उत्पादनमूलक उद्योग दर्ता भएकामा रु. १४ करोड ९८ लाख, तीन सय १८ कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता भएकामा रु. ८३ करोड ६ लाख ७९ हजार पाँच सय, एक सय १९ पर्यटन उद्योग दर्ता भएकामा रु. १२ करोड ६९ लाख ५० हजार, एक सय १० सेवामूलक उद्योग दर्ता भएकामा रु. १३ करोड तीन लाख, तीन पूर्वाधार उद्योग दर्ता भएकामा रु. एक करोड ५० लाख र तीन सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योग दर्ता भएकामा रु. ३० लाख पुँजी रहेको प्रमुख सुवेदीले जानकारी दिए। 

कार्यालयका अनुसार उत्पादनमूलक उद्योगमा ६०, कृषि तथा वन पैदावरमा आधारित उद्योगमा तीन सय २५, पर्यटन उद्योगमा एक सय ३२, सेवामूलक उद्योगमा ९८, पूर्वाधार उद्योगमा ६ र सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा सातजनाले रोजगारी पाएका छन्। ती उद्योगको वार्षिक उत्पादन क्षमता रु. एक अर्ब २० करोड ४४ लाख १४ हजार एक रहेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ। 

बाह्र लाख राजस्व संकलन 

कार्यालयले उद्योग दर्ताबापत रु. १२ लाख २७ हजार नौ सय राजस्व संकलन गरेको छ।

उत्पादनमूलकतर्फ रु. एक लाख २१ हजार, कृषि तथा वन पैदावरमा आधारित उद्योगतर्फ रु. सात लाख १६ हजार नौ सय, पर्यटनतर्फ रु. एक लाख ७० हजार, सेवातर्फ रु. एक लाख ८५ हजार, पूर्वाधारतर्फ रु. १५ हजार र सूचना तथा सञ्चार प्रविधिमा आधारिततर्फ रु. २० हजार राजस्व संकलन भएको कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए।  

कृषि उद्योगमा आकर्षण

कार्यालयमा उक्त वर्ष उद्योग दर्ता घटे पनि कृषि तथा वन पैदावरमा आधारित उद्योगमा भने आकर्षण बढेको छ। देशको पछिल्लो आर्थिक अवस्थाको असरका कारण उद्योग स्थापना गर्ने क्रम घटेको हुन सक्ने कार्यालय प्रमुख सुवेदीको भनाइ छ। 

प्रमुख सुवेदीका अनुसार आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएका छन्। यस्तै, आव ०७९/८० मा जिल्लामा सबैभन्दा बढी कृषि तथा वन पैदावरतर्फ तीन सय १८ र आव ०७९/८० मा वाणिज्यतर्फ नौ सय ९८ फर्म दर्ता भएका छन् भने एक हजार ७२ नवीकरण, २५ नामसारी, ६ ठाउँसारी, एक सय ६४ को पुँजीवृद्धि, २२ को नाम परिवर्तन, ६३ को उद्देश्य थप भएका छन्। 
    
गत आव ०७८/७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएका थिए। त्यसमध्ये उत्पादनमूलक एक सय ६, कृषि तथा वन पैदावरमा आधारित आठ सय १०, पर्यटनतर्फ दुई सय ५६, सेवातर्फ दुई सय ३८ र सूचना प्रविधिमा आधारित चार उद्योग रहेका कार्यालयले जनाएको छ। आव ०७७/७८ मा दुई हजार एक उद्योग दर्ता भएका थिए।