मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १९ मंगलबार
  • Tuesday, 05 December, 2023
२०८० मङ्सिर ४ सोमबार १४:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तिलोत्तमामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

Read Time : < 1 मिनेट
२०८० मङ्सिर ४ सोमबार १४:४१:००

रुपन्देहीमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ। 

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डकको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको हो।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेका अनुसार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको अवस्थामा सवारी दुर्घटनामा परेका हुन्।

लु.४९प २२३० नम्बरको मोटरसाइकललाई ना.६ख ८१६१ नम्बरको ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको प्रहरीले  जनाएको छ।  

दुर्घटनामा तिलोत्तमा– १ का ५० वर्षीय माधवलाल देवकोटाको मृत्यु भएको छ। उनीसँगै मोटरसाइकलमा सवार तिलोत्तमा जानकीनगर बस्ने ४० वर्षीय यादा क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक देवकोटा विभिन्न संघसंस्थामा आबद्ध भई सामाजिक कार्यमा सक्रिय थिए।