१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज सुनुवाइ नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सोमबार सुनुवाइ नहुने भएको छ। न्यायाधीश कुमार चुडालको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ भएपछि आजको सुनुवाइ सरेको हो।

सरकारले टिकटकका कारण सामाजिक सदभाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै गत २७ कात्तिकमा नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको थियो।

सरकारको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. सुनीलरञ्जन सिंह, अधिवक्ता सरिता थापालगायतले तिहार बिदापछि अदालत खुलेको पहिलो दिन शुक्रबार नै सर्वाेच्चमा १० वटा रिट निवेदन दर्ता गराएका छन्।

सामाजिक सञ्जालमा विकृति भए त्यसलाई नियमन गर्नुपर्नेमा बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रको अधिकारमाथि नै हनन भएको भन्दै अधिवक्तालगायतले त्यसविरुद्ध रिट दर्ता गराएका हुन् । बन्द गर्ने निर्णय बदर गर्नुपर्ने उनीहरूको माग छ ।