१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पोखरा रंगशाला गेटनजिकै  सेती नदीमा ‘सिग्नेचर’ पुल बन्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:२७:oo

पोखरा रंगशालाको मुख्य गेटनजिकै सेती नदीमा ‘सिग्नेचर’ पुल बन्ने भएको छ । हाल रहेको पुलको दायाँ–बायाँ थप नयाँ पुल निर्माण हुने भएको हो । सो सडक ६ लेनमा निर्माण भइरहेकाले पुलसमेत सोहीअनुसार निर्माण गर्न लागिएको हो ।

पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण–१ योजनाअन्तर्गत बन्न लागेको पुलको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शिलान्यास गरेका हुन् ।

एसियाली विकास बैंकको सहयोगमा एक अर्ब सात करोड २४ लाख २५ हजार पाँच सय रुपैयाँको लागतमा निर्माण हुन लागेका पुल दुई–दुई लेनका हुनेछन् । दुवै पुलको लम्बाइ एक सय ९० मिटर रहनेछ । नमुना पुलका रूपमा रहने पुल एक्स्ट्रा डोज प्रकारको डिप फाउन्डेसन प्रविधिमा निर्माण गरिनेछ । पुल निर्माणको ठेक्का एमएस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ ।

साउन ०७९ मा ठेक्का सम्झौता भएको पुुल निर्माणको काम २२ भदौ ०७९ देखि सुरु भएको थियो । निर्माण अवधि तीन वर्ष रहेको पुल २१ भदौ ०८२ मा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको कम्पनीका कन्ट्र्याक्ट म्यानेजर सुदर्शन देवकोटाले जानकारी दिए ।

डिजाइन स्वीकृतिसँगै निर्माणस्थल क्लियर नहुने तथा अन्य विविध कारणले निर्माणको काम एक वर्ष ढिलाइ भएको उनले बताए । आफूहरूले समयमै निर्माण कार्य सक्नका लागि सरकारको साथ र सहयोग आवश्यक रहेको भन्दै उनले निर्माणस्थलमा नर्सरी र घर भएकाले यसलाई जति सक्दो चाँडो हटाइदिन आग्रह गरेका थिए ।

ad
ad