१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लप्सीफेदी सबस्टेसनमा प्रहरी पोस्ट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५६:oo

काठमाडौंको शंखरापुर नगरपालिका–३, लप्सीफेदी क्षेत्रमा निर्माणाधीन सबस्टेसन र प्रसारणलाइन निर्माणको सुरक्षार्थ प्रहरी पोस्ट राखिने भएको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंको निर्णयअनुसार निर्माण हुने विद्युत् सबस्टेसनको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेसक्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय भएको हो ।  

सरकारको पछिल्लो निर्णयका आधारमा शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा केही स्थानीयले रूख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीलाई ढुंगामुढा गरेका थिए । त्यसक्रममा केही प्रहरी घाइते भएका र आक्रमणमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ । 

सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ५० जना जग्गाधनीको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गा अधिग्रहणका लागि ०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । जग्गाधनीले मुआब्जा तथा क्षतिपूर्ति रकम बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्तिबापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ । तर, मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नुपर्ने माग राख्दै एक गैरसरकारी संस्थाको ब्यानरमा त्यस क्षेत्रमा प्रदर्शन हुँदै आएको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयका जायज मागलाई पूरा गरिएको, तर केही गैरसरकारी संस्था र असम्बन्धित व्यक्तिहरूका उक्साहटका कारण सबस्टेसन निर्माणको विरोध भइरहेको बताए । सबस्टेसन निर्माणमा त्यहाँका स्थानीयले भने सहयोग गरिरहेको उनको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले लप्सीफेदीसम्म विद्युत् ल्याउन प्रसारणलाइन निर्माण अन्तिम चरणमा पुगेको र सबस्टेसन निर्माण गर्न नसकिएमा काठमाडौं उपत्यकामा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । 

सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको चार सय केभी प्रसारणलाइन जोडिनेछ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी चार सय केभी प्रसारणलाइन निर्माण अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको एक सय ३२ केभी प्रसारणलाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण एक सय ३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा छ ।

ad
ad