१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:oo:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मध्यपूर्वका देशमा ‘दिमाग खराब’को उत्साहजनक ओपनिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:oo:oo

नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्म ‘दिमाग खराब’ मध्यपूर्वका देशमा आजबाट प्रदर्शन सुरु भएको छ । मध्यपूर्वका देशहरू दुबई, बहराइन र कतारमा एकसाथ फिल्मको प्रदर्शन सुरु भएको हो । 

तीनवटै देशमा फिल्मले उत्साहजनक ओपनिङ गरेको मध्यपूर्वका वितरक अनिशसिंह ठकुरीले जानकारी दिए । ठकुरीका अनुसार फिल्मले दुबईमा १७, कतारमा १५ र बहराइनमा ७ शो पाएको छ।

‘नेपाली फिल्मले मध्यपूर्वका देशमा यति शो पाउनु धेरै राम्रो हो,’ ठकुरीले भने, ‘नेपालमा हिन्दी फिल्मको चेपुवामा परेर दर्शक संख्या राम्रो हुँदाहुँदै दिमाग खराबले कम शो पाएको अवस्थामा हामीले दुबईमा राम्रो शो पाएका छौँ। पहिलो दिन धेरैजसो हलमा हाउसफुल दर्शक देखिए। त्यसैले शो संख्या अझै बढ्न सक्छ।’

ठकुरीका अनुसार ‘दिमाग खराब’ २४ तारिखदेखि सिंगापुर, मलेसिया, ओमान, कुवेत र इराकमा पनि प्रदर्शन हुँदै छ।

निश्चल बस्नेतले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्कीलगायतका कलाकारले अभिनय गरेका छन्।