१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एआइजी ज्ञवालीको जन्ममिति विवादमा संसदीय समितिले थाल्यो छानबिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३६:oo

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति विवाद प्रकरणमा संसदीय समितिले छानबिन थालेको छ। 

एआइजी ज्ञवालीको जन्ममिति विवादबारे उजुरी परेपछि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले छानबिन थालेको हो। शेरबहादुर चन्दले दिएको उजुरीमा उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरी भ्रष्टाचारजन्य काम गरेको आरोप छ। 

उजुरीमाथि प्रक्रिया अगाडि बढाउँदै राज्यव्यवस्था समितिले सात दिनभित्र सत्यतथ्य विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको छ। ‘जन्ममिति फरक परेको विवादमा के भएको हो, किन छानबिन नभएको हो, सत्यतथ्य सबै विवरण उपलब्ध गराउन अनुरोध छ,’ समितिले गृहलाई गरेको पत्राचारमा भनिएको छ।  

समिति सभापति रामहरि खतिवडाले गृह मन्त्रालयबाट जन्ममिति विवादबारे फाइलसहितको विवरण प्राप्त भएपछि छानबिन प्रक्रिया अघि बढ्ने बताए। ‘गृहबाट कागजात आएपछि समितिमा छलफल हुन्छ। सत्यतथ्य बुझेर प्रमाणका आधारमा समिति निर्णयमा पुग्छ,’ उनले नयाँ पत्रिकासँग भने। 

ज्ञवालीविरुद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उमेर विवादकै उजुरी परेकोमा सफाइ पाएका थिए। आयोगले गत वैशाखमा नागरिकता र शैक्षिक प्रमाणपत्रमा कुनै कैफियत नदेखिएको ठहर गर्दै उजुरी तामेलीमा पठाएको थियो।