१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रविधिमाथि नै प्रतिबन्ध प्रत्युत्पादक : क्यान महासंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२४:oo

सरकारले विनासुझबुझ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आपत्ति जनाएको छ । सरोकारवाला निकायसँग आवश्यक छलफल र परामर्श नै नगरी हठात् गरिएको निर्णयले समस्याभन्दा चुनौती थप्ने क्यान महासंघले ठहर गरेको छ ।

सूचना र सञ्चार प्रविधिको विकास र विस्तारले अवसर र चुनौती दुवै स्वाभाविक रूपमा आउने भए पनि सरकारले प्रविधिलाई समस्याका रूपमा हेरी निषेध गर्न खोजेको क्यान महासंघका अध्यक्ष रणजितकुमार पोद्दारले बताए । ‘समस्या नियन्त्रणको नाममा प्रविधिमाथि नै प्रतिबन्ध लगाउन खोज्नुले सरकारको नियत छताछुल्ल भएको छ,’ अध्यक्ष पोद्दारले भने, ‘कन्टेन्ट नियमन गर्न पहलै नगरी प्लेटफर्ममाथि प्रतिबन्ध लगाउनु प्रत्युत्पादक हुन्छ ।’ सूचना प्रविधिको विकासको गतिलाई रोकेर नरोकिने बताउँदै अध्यक्ष पोद्दारले यसको प्रयोगलाई व्यवस्थित गर्न राज्यले उचित ढंगले योजना ल्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालमा उपलब्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत वार्ता तथा समन्वय गर्न क्यान महासंघ आग्रह गर्दछ । निजी क्षेत्रको हैसियतमा हामी आवश्यक जस्तोसुकै प्राविधिक सहकार्य गर्न तयार छौँ ।’

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले पछिल्लो समय नेपालमा टिकटक लोकप्रिय सामाजिक सञ्जालका रूपमा प्रयोग भइरहेकामा यसको उपयोगिता ख्याल नराखी सरकारले बन्द गर्ने निर्णय गरेको प्रतिक्रिया दिए । टिकटकलाई करको दायरमा ल्याई व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सके देशको अर्थतन्त्रमा पनि सहयोग पुग्ने उनको तर्क छ ।