१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालगन्जको एक बोरागोदाममा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४१:oo

नेपालगन्जको एक बोरागोदाममा भीषण आगलागी भएको छ। नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गए राति आगलागी भएको हो।  

राति करिब १२ बजेतिर लागेको आगो आज बिहान मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। उनका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएका छन्।

आगलागीबाट करिब ४० लाखबराबरको क्षति भएको ट्रेडिङका सञ्चालक सुरेशकुमार शाहको दाबी छ। उनका अनुसार गोदामभित्र रहेको ५० हजार ठूलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टा बोरा, केही प्लास्टिक बोरी र काठ जलेर नष्ट भएका छन्।  

विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरी प्रवक्ता डाँगीले बताए। दुईवटा बारुणयन्त्र, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।