१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २८ मंगलबार
  • Friday, 09 May, 2025
दुवै इन्जिन स्टार्ट नभएपछि सिमकोट विमानस्थलमा रोकिएको नेपाल एयरलाइन्सको जहाज निरीक्षण गर्दै प्राविधिकहरु ।
२o८o कार्तिक २८ मंगलबार १५:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिमकोटमा रोकिएको नेपाल एयरलाइन्सको जहाजका दुवै इन्जिनमा समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २८ मंगलबार १५:४७:oo

सोमबार बायाँ इन्जिनमा समस्या देखिएपछि सिमकोट विमानस्थलमा रोकिएको नेपाल एयरलाइन्सको नाइन एन एबियू कलसाइनको ट्विनटर जहाजको दुवै इन्जिनमा समस्या देखिएको छ।

काठमाडौंबाट आएको प्राविधिक टोलीले चेकजाँच गर्दा दायाँ इन्जिनमा पनि समस्या देखिएको हो।

नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार अघिल्लो दिन सञ्चालन भएको इन्जिन आज चल्न नसकेको कारण जहाजमा प्राविधिक समस्या देखिएको बताए।

जहाजका क्याप्टेन मनीष विष्टले प्राविधिकले हेरेपछि पटकपटक इन्जिन सञ्चालन गर्ने प्रयास गरेका थिए, तर समस्या हिजोकोजस्तै देखिएको थियो।

उनले प्राविधिकहरूको टोलीले जहाजको इन्जिन हेरेको र चिसोको कारण इन्जिन सञ्चालनमा समस्या आएको हुन सक्ने बताएको जानकारी दिए।

मंगलबार इन्जिनियरसहितको तीनसदस्यीय प्राविधिक टोली जहाजको मर्मतका लागि सिमकोट आइपुगेको हो।

जहाजले उडान भर्ने जनाउँदै नेपाल एयरलाइन्सले यात्रुहरूलाई मंगलबार बिहान बोलाएको थियो। तर, मंगलबार पनि उडान हुन सकेन।

सोमबार सिमकोटबाट नेपालगन्जका लागि उडान भर्ने तयारी गरिरहँदा सो विमानमा समस्या देखिएको थियो। उडान भर्न दायाँ इन्जिन स्टार्ट गरिसकेपछि बायाँ इन्जिन स्टार्ट नभएपछि उडान स्थगित गरिएको हो।