१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कराँते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१५:oo

एसएस फाउन्डेसनले १९औँ एसियाली खेलकुदमा रजत पदक विजेता कराँते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ। फाउन्डेसनले घट्टेकुलो सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरीसँगको सहकार्यमा जनही ३१ हजार रुपैयाँले सोमबार सम्मान गरेको हो। 

दुवैलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले सम्मानपत्र हस्तान्तरण गरे। नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले नगद हस्तान्तरण गरेका थिए। 

फाउन्डेसनका संरक्षक शोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले नेपालको इज्जत बढाएकोमा सम्मान गरिएको बताए। कार्यक्रममा दोलखाली पत्रकार समाजको अध्यक्षमा निर्वाचित भएका ज्ञानेन्द्र कार्कीलाई बधाई तथा सम्मान गरिएको थियो।