१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवलपुर जिप दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या सात पुग्यो, ६ को सनाखत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:o४:oo

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनको संख्या सात पुगेको छ । जिपमा सवार सबै सातजनाको मृत्यु भएको हो । 

६ जनाको घटनास्थल र एकजनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो । मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा तीन महिला र चार पुरुष छन् । 

पूर्वी नवलपरासीको देवचुली नगरपालिका– ८ मुन्डेमा ग. १ज ३२७० नम्बरको जिप दुर्घटना भएको थियो । 

बुलिङटारपहाडि क्षेत्रबाट दलदले आउँदै गरेको जिप देवचुली– ९ गोरेघुम्तीको एस मोडमा अनियन्त्रित भई एक्कासि घरमा ठोक्किन पुगेको थियो । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलका अनुसार  मृत्यु हुनेमा नवलपुर बौदीकाली गाउँपालिका– ६ मझडाँडा घर भएका जिपचालक अन्दाजी २९ वर्षीय छनबहादुर आले, लाहटे बस्ने ५२ वर्षीया कुमारी राना, माझडाँडा बस्ने ५५ वर्षीय टेकमान वानटक्की छन् । 

यस्तै, बुलिङटार गाउँपालिका– ४ चुलिवोझ बस्ने १२ वर्षीया करिश्मा ठाडा, अन्दाजी ४०-४५ की कमला वानटक्की र मध्यविन्दु नगरपालिका– २ मदनपुर बस्ने १८ वर्षीय चिरन अर्यालको पनि ज्यान गएको छ । 

बाँकी १ जनाको सनाखत हुन बाँकी छ । ६ जनाको शव मध्यविन्दु जिल्ला अस्पताल डन्डमा राखिएको छ भने चिरनको शव पुरानो मेडिकल कलेज भरतपुरमा रहेको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका चिरनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा दिउँसो दुई बजेर २० मिनेटमा मृत्यु भएको हो ।

ad
ad