१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

दोलखाली पत्रकार समाजको अध्यक्षमा कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:o१:oo

दोलखाली पत्रकार समाजको अध्यक्षमा नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्की निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंको बत्तीसपुतलीमा सम्पन्न समाजको विशेष साधारणसभाबाट कार्की अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा राससमा कार्यरत मुना कार्की र सचिवमा नयाँ पत्रिकाकर्मी कृष्ण रिजाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा रेडियो नेपालमा कार्यरत मनुका कुँवर तथा सदस्यहरूमा ज्योति जिसी, सन्तोष योञ्जन, युवराज बस्नेत, बालिका सिवाकोटी र कालिका सिवाकोटी निर्वाचित भएका छन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा समाजका संस्थापक अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न विशेष साधारणसभामा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, वरिष्ठ पत्रकार चन्द्रशेखर अधिकारी, पूर्वपत्रकार हाल कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी तथा माओवादी केन्द्रीय सदस्य बलराम थापालगायतले शुभकामना दिएका थिए ।

विशेष साधारणसभामा प्रेस चौतारी नेपालका उपमहासचिव शुरोजंग पाण्डे, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, न्यायिक पत्रकार मञ्चकी अध्यक्ष कालिका खड्का, नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष सुजन ओली, संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्ष नारायण काफ्लेलगायत उपस्थित थिए । 

ad
ad