![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/police2023-11-10-12-37-37.jpeg)
नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी)को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएको छ ।
शुक्रबार बसेको बढुवा समितिले पाँच एसपीको एसएसपीमा बढुवाको सिफारिस गरेको हो ।
एसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईको बढुवा सिफारिस भएको छ ।
एसएसपी मधुसुदन लुइँटेलले राजीनामा दिएपछि रिक्त भएको पदमा समेत बढुवा सिफारिस गरिएको छ ।