१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाली पत्रकार समाजको अध्यक्षमा नयाँ पत्रिकाकर्मी कार्की निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३२:oo

दोलखाली पत्रकार समाजको अध्यक्षमा नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्की निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंको बत्तीसपुतलीमा सम्पन्न समाजको विशेष साधारणसभाबाट कार्की अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । 

उपाध्यक्षमा राससमा कार्यरत मुना कार्की र सचिवमा नयाँ पत्रिकाकर्मी कृष्ण रिजाल निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा रेडियो नेपालमा कार्यरत मनुका कुँवर तथा सदस्यहरूमा ज्योति जिसी, सन्तोष योञ्जन, युवराज बस्नेत, बालिका सिवाकोटी र कालिका सिवाकोटी निर्वाचित भएका छन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा समाजका संस्थापक अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न विशेष साधारणसभामा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, वरिष्ठ पत्रकार चन्द्रशेखर अधिकारी, पूर्वपत्रकार हाल कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी तथा माओवादी केन्द्रीय सदस्य बलराम थापालगायतले शुभकामना दिएका थिए । 

उनीहरूले जनतालाई सुसूचित गर्ने भूमिका निर्वाह गर्ने क्रममा उच्च व्यावसायिक अभ्यासमा जोड दिँदै गृहजिल्ला दोलाखाको समग्र विकासका विषय उठानमा समेत पत्रकारहरूले विशेष भूमिका खेल्नुपर्ने बताएका थिए । 

विशेष साधारणसभामा प्रेस चौतारी नेपालका उपमहासचिव शुरोजंग पाण्डे, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, न्यायिक पत्रकार मञ्चकी अध्यक्ष कालिका खड्का, नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष सुजन ओली, संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्ष नारायण काफ्लेलगायत उपस्थित थिए ।

दोलखाबाट काठमाडौं आई विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरूको भेलाबाट ०६५ मा स्थापित समाजमा साढे दुई सय पत्रकार संगठित छन् ।