१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल सुपर लिगको आधिकारिक टिकेटिङ पार्टनरको रूपमा ‘आइएमई पे’ रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१७:oo

डिजिटल वालेट ‘आइएमई पे’ र नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टबीच भएको रणनीतिक साझेदारी सम्झौताअन्तर्गत यही नोभेम्बर २४ देखि हुने नेपाल सुपर लिग २०२३ का लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे  रहने भएको छ।

नेपाल सुपर लिग (एनएसएल) नेपालको प्रमुख खेलहरूमध्ये एक हो, जसमा बहुसंख्यक खेलप्रेमीहरूको चासो रहेको छ । जसमा डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले  फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त बनाउने  आइएमई पेले विश्वास लिएको छ।

यस्तै, नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई  पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन्।’आइएमई पे’को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागू गर्न सकिने भएकाले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताएका छन्।