१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १२:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्न महासंघमा ग्रिनग्रोथ एडभाइजरी सर्भिस स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:o७:oo

हरित अर्थतन्त्रको प्रवद्र्धनमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा ग्रिनग्रोथ एडभाइजरी सर्भिस स्थापना गरिएको छ । राष्ट्रिय सभाका दिगो विकास एवं सुुशासन समितिका सभापति प्रकाश पन्थ, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक नुमान ओजकानले संयुक्त रूपमा ग्रिनग्रोथ एडभाइजरी सर्भिस शुुभारम्भ गरे ।

ग्रिनग्रोथ एडभाइजरी सर्भिस अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा स्थापना भएको महासंघले जनाएको छ । यो एडभाइजरी सर्भिसमार्फत महासंघले आर्थिक वृद्धिलाई बढावा दिँदै वातावरणीय रूपमा दिगो अभ्यासहरू अपनाउन सक्रिय रूपमा वकालत गर्नेछ । यस्तै, औद्योगिक करिडोर, औद्योगिक क्षेत्र र उद्योग ग्रामहरूमा विशेष जोड दिएर रोजगारमूलक सीप विकास, हरित रोजगारी र न्यायोचित परिवर्तनमा केन्द्रित हुँदै केन्द्र, प्रदेश र स्थानीयस्तरमा सचेतना अभियान आयोजना गरिने बताइएको छ । 

समितिका सभापति पन्थीले महासंघले नेपाली उद्योग व्यवसायलाई हरित वृद्धिको अवधारणातर्फ लैजान थालनी गरेको प्रयासको सराहना गरे । महासंघका अध्यक्ष ढकालले नेपाली व्यवसाय र उद्योगहरूमा हरित वृद्धि अभ्यासहरू अँगाल्दा वातावरण र समाजलाई मात्र फाइदा नपुुगी आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन दिगोपनका लागि अवसरहरू पनि सिर्जना हुने दाबी गरे । उनले निजी क्षेत्रलाई यसतर्फ अभिप्रेरित गर्न आइएलओको सहयोगको प्रशंसा गरे । 

आइएलओका देशीय निर्देशक नुमानले नेपाली व्यवसाय र उद्योग क्षेत्रमा हरित वृद्धि अवधारणाको नेतृत्व र कार्यान्वयन गर्न र यसलाई देशभर प्रवद्र्धन गर्ने कार्यमा महासंघलाई आइएलओको सहयोग रहने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली निजी क्षेत्रको क्षमता विकास, जनशक्ति विकास, असल श्रम–सम्बन्ध विकासमा आइएलओको सहयोग सराहनीय रहेको बताए । 

ad
ad