१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o९:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

संसदीय अभ्यासलाई  प्रभावकारी बनाउन पहल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:५९:oo

संसदीय अभ्यासमा प्रभावकारी प्रस्तुतीकरण गर्न पूर्वसांसदहरूको अनुभवले महत्वपूर्ण भूमिका खेल्ने बागमती प्रदेश सभाका बहालवाला सदस्यहरूले बताएका छन् । जागरण मिडिया सेन्टरले बिहीबार गरेको एक कार्यक्रममा उनीहरूले संसदीय अभ्यासलाई प्रभावकारी प्रस्तुतीकरण गर्न पूर्वसांसदले खेलेको भूमिका वर्तमान सांसदलाई सिकाइका रूपमा लिने सकिने बताएका हुन् । 

बागमती प्रदेशको प्रदेश मामिला समितिका पूर्वसभापति माधव पौडेलले प्रदेश सभाका अभ्यासलाई वर्तमान सांसदहरूले सिकाइका रूपमा लिनुपर्ने बताए । ‘प्रदेशका संरचना बलियो बनाउन आवश्यक रहेको छ,’ उनले भने, ‘संविधानको अनुसूचीमा प्रदेशलाई २० अधिकार दिएको छ । जसमध्ये आफ्नो कार्यकालमा करिब १५ ऐन ल्याउन अझै बाँकी रहेको छ । बाँकी कानुन बनाउने जिम्मेवारी वर्तमान प्रदेश सभाका सदस्यहरूको रहेको छ ।’ सार्वजनिक लेखा समितिका पूर्वसभापति न्हुच्छेनारायण श्रेष्ठले बागमती प्रदेश स्थानीय स्रोत–साधनमा सम्पन्न भएको बताए ।

उनले स्थानीय स्रोत र साधनको भरिपूर्ण परिचालन गरी प्रदेश आर्थिक रूपमा सम्पन्न हुने सम्भावना रहेकोसमेत बताए । उनका अनुसार स्रोत–साधनको परिचालन गर्न कानुनी जटिलता रहेको छ । कानुनी जटिलतालाई समाधान गर्ने जिम्मेवारी प्रदेश सभाका सदस्यलाई रहेको छ । 

उद्योग, वन तथा वातावरण समितिकी सदस्य प्रतिमा श्रेष्ठले समानुपातिकतर्फबाट प्रदेश सभा प्रतिनिधित्व गर्नुहुने माननीयलाई दोस्रो दर्जाका रूपमा व्यवहार गर्नु गलत रहेको बताइन् । बागमती प्रदेश सभा सदस्यहरू काठमाडौंकेन्द्रित रहेकाले विधेयकमाथि प्रशस्त छलफल हुन नसकेको उनले आरोप लगाइन् । संविधानसभा सदस्य विनोद पहाडीले दलित तथा सीमान्तकृत समुदायका प्रदेश सभाका सदस्यले प्रदेश सभामा बोलेको कुरा मिडियामा नआएको र आउने गरी एजेन्डा तय गर्न खाँचो रहेको बताए ।

ad
ad