मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण ९ बुधबार
  • Wednesday, 21 February, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० कार्तिक २३ बिहीबार १५:४१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एन्फा अध्यक्ष नेम्वाङ बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० कार्तिक २३ बिहीबार १५:४१:००

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत भएको छ। 

हेटौँडामा आज विशेष साधारणसभामा भएको मतदानबाट नेम्वाङलाई हटाउने प्रस्ताव अस्वीकृत भएको हो। 

५३ मत खसेकोमा नेम्वाङको पक्षमा ५२ मत र  एक मत बदर भएको छ। एन्फाका अनुसार ८६ जना मतदातामध्ये ३४ जनाले मतदानमा भाग लिएनन्। 

नेम्वाङविरुद्ध गएको भदौमा एन्फाका ४९ जना सदस्यले बर्खास्तीको माग राखेर विशेष साधारणसभाको माग गरेका थिए।