
आगामी मंसिर २ गतेदेखि जिल्ला सदरमुकाम सिमकोटमा हुम्ला गोल्डकप फुटबल प्रतियोगित हुने भएको छ। हुम्ला फुटबल एकेडेमीको आयोजनामा खुला फुटबल प्रतियोगिता हुन लागेको हो।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित खुला फुटबल प्रतियोगिता गर्न लागेको आयोजक संस्थाका अध्यक्ष विष्णु रावतले जानकारी दिए।
प्रतियोगिताको प्रथम पुरस्कार राशि दुई लाख एक सय नाै रुपैयाँ र द्वितीय पुरस्कार राशि एक लाख एक सय एक रुपैयाँ राखिएको छ। प्रतियोगितामा क्लब, गाउँपालिका, खेलकुद संघ र वडा सहभागी हुने अध्यक्ष रावतको भनाइ छ।