१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २३ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o कार्तिक २३ बिहीबार १३:१६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सखुवानन्कारकट्टी गाउँपालिकाको पुनः मतगणनाको मागसम्बन्धी मुद्दा खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २३ बिहीबार १३:१६:oo

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकामा अध्यक्ष पदका निकटतम् प्रत्याशीले दोस्रो स्थानीय तह निर्वाचनको मतगणना बदर गरी पुनः गणना गराउन माग गर्दै दायर गरेको मुद्दा खारेज भएको छ।

उच्च अदालत जनकपुर, राजविराज इजलासमा बुधबार न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र जगतबहादुर थापाको संयुक्त इजलासले मुद्दा खारेज गरिदिएपछि अध्यक्ष केदारनाथ यादवसहित उनका समर्थकहरूले बुधबार राति सखुवानन्कारकट्टीमा विजय र्‍याली निकालेका हुन्।

अध्यक्ष यादव ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमा २६ मतान्तरले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।

मतगणनाको अन्तिम परिणामअनुसार निर्वाचित यादवले तीन हजार चार सय सात र निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शत्रुधनप्रसाद साहले तीन हजार तीन सय ८१ मत पाएका थिए। उक्त मत परिणाम बदर गरी पुनः गणनाको माग गर्दै साहले उच्च अदालत जनकपुर, राजविराज इजलासमा १० जेठ ०७९ मा मुद्दा दायर गरेका थिए।