Skip This
नक्कली भुटानी शरणार्थी प्रकरण : पाँचजनाको बयान सकियो, प्रमाण जुटाउनतर्फ प्रहरी 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:४९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरण : पाँचजनाको बयान सकियो, प्रमाण जुटाउनतर्फ प्रहरी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४९:oo

राज्यका उच्चपदस्थ व्यक्तिकै संलग्नतामा नेपाली नागरिकतालाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको संगठित ठगी घटनाको दोस्रो चरणको अनुसन्धानमा प्रहरीले पाँच अभियुक्तको बयान लिएको छ । थप परेका जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले बयान गरेर थप प्रमाण संकलन अघि बढाएको छ । 

प्रहरीले पूर्वसभासद् आङटावा शेर्पा तथा बिचौलियाहरू सानु भण्डारी, केशव दुलाल, रामशरण केसी र सागर राईको बयान लिएको हो । उनीहरूले यसअघिजस्तो यसमा संलग्न कसैको पनि नाम लिएका छैनन् । पहिलो चरणमा दायर भएको मुद्दामा पाँचैजना पुर्पक्षका लागि थुनामा छन् । पाँचजनाको नाममा किटानी जाहेरी परेकाले उनीहरूको बयान गरेर थप प्रमाण संकलन थालिएको काठमाडौं परिसरका एक अधिकृतले बताए । 

‘उनीहरूलाई यसअघि नै नाइकेहरूले प्रभावमा पारेको देखिन्छ,’ ती अधिकृतले भने, ‘त्यही कारण यसमा संलग्न उच्चपदस्थको नाम लिएका छैनन्, तर हामीले अन्य प्राविधिक रूपमा अनुसन्धान गरिरहेका छौँ ।’ दोस्रो चरणको अनुसन्धानमा यसमा संलग्न उच्चपदस्थलाई जोगाउन प्रहरीमाथि समेत दबाब रहेको स्रोत बताउँछ । पहिलो चरणको अनुसन्धानमा उनीहरूले यो कुरा बयानमा मात्र बताएनन्, त्यसको प्रमाणसमेत दिएका थिए । खासगरी सानु भण्डारीले सबैको पोल खोलेका थिए । यसपटक थप व्यक्ति नतानिने भएपछि अनुसन्धान कमजोर हुने पीडितको आशंका छ । दोस्रो चरणमा १८ जनाको जाहेरी छ । 

यसअघि संगठित अपराध, राज्यविरुद्धको कसुर, ठगी र लिखत किर्ते मुद्दा दायर भएको थियो । नयाँ जाहेरीका आधारमा कुन–कुन मुद्दा चल्ने तय भएको छैन । यसअघि अनुसन्धान प्रभावित गर्ने उद्देश्यले नै सरकारले काठमाडौंका उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखलाई हटाएको थियो । यो मुद्दामा फरार रहेका अभियुक्तको खोजीमा पनि प्रहरीले चासो दिएको छैन । 

पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझीका साथै पूर्वगृसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ थुनामा छन् । खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई जेलमै छन् । उनीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । यो मुद्दामा पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । ३० जनालाई प्रतिवादी बनाइएकोमा अन्य ११ जना अझै फरार छन् । 

सेयर किनबेचको कागज गरेर पैसा फिर्ता 
पूर्वगृहमन्त्री खाणमाथि समेत प्रहरी अनुसन्धान सुरु भएपछि उनले एक करोड फिर्ता गरेको प्रहरी दाबी छ । उनले पूर्वसभासद् शेर्पामार्फत एक करोड सानु भण्डारीलाई फिर्ता गरेका थिए । तर, शेर्पाले ७० लाख आफैँ राखी ३० लाख मात्र भण्डारीलाई दिएका थिए । त्यसरी पैसा फिर्ता गर्दा हाइड्रोको सेयर किनबेचको कागज गराइएको खुलेको छ । नयाँ पत्रिकाले प्राप्त गरेको सो कागजमा कृष्ण पौडेललाई साक्षीसमेत राखिएको छ । २३ वैशाख ०८० मा यस्तो कागज गरिएको थियो । त्यस्तै, आर्थिक लेनदेनका थप ह्वाट्सएप च्याटहरूसमेत भेटिएका छन् । तत्कालीन गृहसचिव पाण्डे र दुलालबीच आर्थिक लेनदेनको विषय छ ।