१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तिवारी यादव काठमाडाैं
Invalid date format o८:२८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल पुलिस उपाधिनजिक

Read Time : < 1 मिनेट
तिवारी यादव, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२८:oo

नेपाल पुलिस क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पुलिसले बुधबार भएको सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगन्जलाई टाइबे्रकरमा हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो ।

निर्धारित समयमा दुवै पक्षले गोलरहित बराबरी खेल खेलेका थिए । त्यसपछि फाइनल पुग्ने टोलीको छिनोफनो टाइब्रेकरबाट भयो, जसमा पुलिसले बाजी मार्‍यो । टाइब्रेकरमा पुलिस र आयोजक टोलीले सात–सात पेनाल्टी प्रहार गरेका थिए । पुलिसका पाँच खेलाडीले गोल गरे । आयोजक टोलीका दुई खेलाडीले असफल प्रहार गरेपछि पुलिस फाइनलमा पुगेको हो ।

नेपाल पुलिसका लागि उज्ज्वल राई, प्रताप गुरुङ र पृथ्वी चौधरीले गोल गरे । रामचन्द्र बाजे र बुद्ध तामाङको प्रहारलाई आयोजकका गोलरक्षकले बचाए । आयोजकका कार्लोस पटेलको पेनाल्टी मिस भएपछि नेपाल पुलिस विजयी भयो । खेलमा पुलिस क्लबका गोलरक्षक शत्रुधन चौधरी म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी र संकटा क्लबबीच हुनेछ । मधेश प्रदेशकै सबैभन्दा उच्च धनराशिको यो प्रतियोगिता २५ कात्तिकसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार र दोस्रो हुनेले पाँच लाख ५५ हजार रुपैयाँ पाउनेछन् ।