१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
उपराष्ट्रपति रामसहाय यादवसँग शिष्टाचार भेट गर्दै वाङ
२०८० कार्तिक २३ बिहीबार ०६:१९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी काठमाडौंमा, भूकम्पपछि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

Read Time : > 1 मिनेट
२०८० कार्तिक २३ बिहीबार ०६:१९:००

पाँचदिने औपचारिक भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार काठमाडौं आएलगत्तै उपराष्ट्रपति रामसहाय यादवसँगको शिष्टाचार भेटमा वाङले भूकम्पपछिको पुनर्निर्माणबारे चिनियाँ धारणा व्यक्त गरेका हुन् । १२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी थिइन् । 

भेटमा उपराष्ट्रपति यादवले जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा राहत सामग्री र सहानुभूतिका लागि चीन सरकारलाई धन्यवाद दिएका छन् । तिब्बत स्वशासित क्षेत्र दुई देशबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य हितका क्षेत्रहरूमा द्विपक्षीय अन्तत्र्रिmयाको प्रवेशद्वार भएको उपराष्ट्रपति यादवको भनाइ थियो । वाङको भ्रमणले सम्भावित सबै क्षेत्रमा नेपाल–चीन सम्बन्ध थप प्रगाढ हुने उनको विश्वास थियो ।

तिब्बत सेक्रेटरी वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको असोजमा भएको चीन भ्रमण तथा चार वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा भएका समझदारी कार्यान्वयन गर्न तिब्बत सरकार तयार रहेको बताएका थिए । ‘प्रधानमन्त्रीको भ्रमणमा भएका समझदारी लागू गर्ने उद्देश्यले म र प्रतिनिधिमण्डल नेपाल आएका छौँ,’ वाङलाई उद्धृत गर्दै उपराष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार विनोद पौडेलले भने । 

वाङले २७ कात्तिकबाट मुस्ताङ र तिब्बतको ढोङ्बा काउन्टी जोड्ने कोरला नाका खुल्न लागेको पनि जानकारी दिएका थिए । ‘कोरोनापछि बन्द भएका र परम्परागत नाकाहरू हामी क्रमशः खोल्दै जानेछौँ,’ वाङको भनाइ थियो । उपराष्ट्रपति यादवले ०२६ बाट नेपाल अल्पविकसित अवस्थाबाथट विकासशील मुलुकमा स्तरोन्नति हुने आकांक्षामा सहयोग गर्न आग्रह गरेका थिए । ‘तीव्र आर्थिक–सामाजिक रूपान्तरणको चिनियाँ अनुभवबाट हामी सिक्न चाहन्छौँ,’ उपराष्ट्रपति यादवले भने । 

यादवले कनेक्टिभिटी, पूर्वाधार विकास, व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्धजस्ता महŒवपूर्ण क्षेत्रमा चीनसँगको साझेदारीलाई नेपालले प्रगाढ बनाउन चाहेको पनि उल्लेख गरे । उपराष्ट्रपति यादवले चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधनप्रति समवेदना व्यक्त गरे । तिब्बतका सेक्रेटरी वाङले उपराष्ट्रपति यादवलाई तिब्बत भ्रमणका लागि आग्रह पनि गरेको सल्लाहकार पौडेलले बताए । 

प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षसँग आज भेटवार्ता 
तिब्बत सरकारका कार्यकारी प्रमुख रहेका चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङले बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले बिहीबार बिहान ११ बजे संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग र अपराह्न ४ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेटवार्ता गर्दै छन् ।