१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० कार्तिक २२ बुधबार १२:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्रीद्वय भूकम्प प्रभावित क्षेत्रमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० कार्तिक २२ बुधबार १२:०६:००

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रमा गएका छन्।

गत शुक्रबार पश्चिम नेपालमा गएको भूकम्पपछि भएको जनधनको क्षतिमा पार्टीका तर्फबाट आवश्यक अनुगमन र सहजीकरणका लागि उनीहरू भूकम्प प्रभावित क्षेत्रमा गएका हुन्। 

कांग्रेसले भूकम्पपछि भएको जनधनको क्षतिमा आवश्यक सहजीकरणका लागि ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गरेको थियो। उनीहरू समितिका तर्फबाट आज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्र पुग्दै छन्।  

कांग्रेसले उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्रीद्वयको नेतृत्वमा गठन गरेको थियो। 

भूकम्पपछि कांग्रेसले हालसम्म उद्धार कार्यमा स्थानीय पार्टीपंक्ति परिचालन, सरकारको राहत कोषमा रु. ५० लाख सहयोग घोषणा र हस्तान्तरण, देशभरका आफ्ना सार्वजनिक कार्यक्रम स्थगन, कैयौँ जिल्लाबाट पार्टीका स्वयंसेवक राहत लिएर प्रभावित क्षेत्रमा, शुभेच्छुक संस्था ‘डिडिए’ को संयोजनमा चिकित्सक र औषधि प्रबन्ध, पार्टीको धारणा र सुझाव (तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने अत्यावश्यक कार्य)सहित प्रधानमन्त्रीलाई लिखित ध्यानाकर्षण गराइसकेको छ।