१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o७:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीका अध्यक्ष नेपाल चीन प्रस्थान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:१६:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष नेपालसँगै उनकी पत्नी गायत्री, पार्टी उपाध्यक्ष एवं कृषि तथा पशुपक्षीमन्त्री बेदुराम भुसालसहित मंगलबार साँझ चीन प्रस्थान गरेका हुन् ।

नेपाल नेतृत्वको टोलीले युनानमा चिनियाँ कम्युनिस्ट पार्टी शीर्ष नेतृत्वसँग भेटघाट गर्नेछ । नेपाल नेतृत्वको टोली युनानमा आयोजित कृषि विकाससम्बन्धी बैठकमा पनि सहभागी हुनेछ । भ्रमण टोली युनानमा आयोजित सेयरिङ द एचिभमेन्ट अफ बेल्ट एन्ड रोड फोरमसम्बन्धी दक्षिण र दक्षिण एसियाली पार्टी प्रतिनिधिहरूको छलफल कार्यक्रममा सहभागी हुनेछ । त्यहाँ नेपालले सम्बोधन गर्नेछन् । भ्रमण टोली २८ कात्तिकमा स्वदेश फर्किनेछ । 

अध्यक्ष नेपाल चीन प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष प्रमेश हमालले पाएका छन् । यसअघि मंगलबार नै अध्यक्ष नेपालले भूकम्पपीडितलाई सहयोगस्वरूप २५ लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर हस्तान्तरण गरेका थिए । 

ad
ad