१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Friday, 09 May, 2025
तिवारी यादव वीरगन्ज
२o८o कार्तिक २१ मंगलबार o९:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल पुलिस सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार o९:o२:oo

नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।प्रतियोगिताको सोमबार पुलिसले कोलकाताको क्लाइभ हाउस डमडमलाई ७–१ ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो ।

आदर्शनगर खेलमैदानमा पुलिसले पाहुना टोलीमाथि सुरुदेखि नै दबाब राखेको थियो । पुलिसले पहिलो हाफमा पाँच गोलको अग्रता लिएको थियो । 

पुलिसले खेलको २३औँ मिनेटमा प्रताप गुरुङको गोलसँगै १–० को अग्रता लियो । खेलको ३१औँ मिनेटमा पुलिसले २–० को अग्रता लियो । यसपटक पनि प्रतापले नै गोल गरे । खेलको ३३औँ मिनेटमा प्रतापले थप एक गोल गर्दा पुलिस ३–० ले अघि रह्यो । प्रतापले पनि १० मिनेटको अन्तरमा प्रतियोगितामा आफ्नो पहिलो ह्याट्रिक पूरा गरे । 

कोलकाता खेलको ३५औँ मिनेटमा ४–० ले पछि रह्यो । यसपटक पुलिसका लागि विवेक सन्तोषीले गोल गरे ।  फर्ममा देखिएका स्ट्राइकर प्रतापले मध्यान्तरपछि थप दुई गोल गरे । उनले खेलको ६१औँ र ६२औँ मिनेटमा गोल गरेका हुन् ।