भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिममा काठमाडौं महानगरपालिकाले राहत सामग्री पठाएको छ। महानगरले करिब १४ लाख रुपैयाँबराबरको एक हजार चार सय थान कम्बल पठाएको हो।
मंगलबार सोही मूल्यबराबरको ६०० थान कम्बल र दुई हजारवटा खाद्य सामग्रीको प्याकेज पठाउने महानगरले जनाएको छ। प्रभावित क्षेत्रमा आवश्यक भएमा इन्जिनियरिङ तथा प्राविधिक सहयोगका लागिसमेत तयार रहेको महानगरका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत बताएका छन्।