१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १४:५५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यसरी बन्दै छ तिहारका लागि पाला [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५५:oo

तिहार नजिकिएसँगै भक्तपुर दरबार क्षेत्रमा कुम्हः (कुमाले)लाई माटोको पाला बनाउन भ्याइनभ्याई हुन थालेको छ। माटोको धुपौरो, घैँटोलगायतका भाँडा नियमितजसो बनाउने भए पनि तिहार नजिकिएसँगै पालाको माग भने बढ्ने गरेको छ।

‘पोटरी स्क्वायर’को नामले समेत चिनिने यस क्षेत्रमा अघिपछि केही फुर्सदिला देखिने उनीहरू अहिले व्यस्त हुन थालेका छन्। तिहारमा बत्ती बाल्नका लागि माटोको पालाको माग उच्च हुने गर्दछ।

भक्तपुरको बोलाछे, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडेलगायतका क्षेत्रमा माटोको पालालगायतका भाँडा बनाइन्छ। पछिल्लो समय बिजुलीबाट बल्ने सामानहरू आउन थालेपछि भने पालाको व्यापार खस्कँदो छ।

हेर्नुहाेस् तस्बिरहरू :