१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रहरी कार्यालयभित्रै इन्स्पेक्टरले कुटे सेवाग्राही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:o८:oo

प्रहरी कार्यालयभित्र प्रहरीबाटै सेवाग्राही कुटिएका छन्। प्रहरी प्रभाग गोंगबुमा टोखा– ३ बानियाँटारका कर्णबहादुर अधिकारीमाथि गत बिहीबार कुटपिट भएको हो।

प्रभाग प्रमुख इन्स्पेक्टर दिनेश गुरुङले कुटपिट गरेको भन्दै अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौंलगायत निकायमा उजुरी दिएका छन्।

अवकाशप्राप्त सैनिक अधिकारी मुकुन्द थपलियासँग लेनदेनसम्बन्धी विषयमा विवाद भएपछि उनी उजुरी लिएर गएका थिए। छलफलका लागि प्रहरी कार्यालयमा थपलिया नआएपछि फोन गरेर उनले गालीगलौज गरेका थिए। सोही विषयलाई लिएर आफूमाथि इन्स्पेक्टर गुरुङले कुटेको अधिकारीले बताए।

 ‘म आवेगमा आएर फोनमा अलि बढी बोलेको हो, त्यो स्विकार्छु। त्यो विषयमा माफी पनि मागेको थिएँँ,’ अधिकारीले भने, ‘तर, उहाँले मलाई कार्यालयभित्रै पाइपले कुट्नुभयो। पिँडौलामा पटकपटक पाइपले हान्नुभएको छ। अहिले उपचार गराइरहेको छु।’

अधिकारीले कार्यालयमा अश्लील बोलेको र सम्झाउँदा पनि नमानेपछि नियन्त्रणमा लिने प्रयासमा बल प्रयोग भएको इन्स्पेक्टर गुरुङको भनाइ छ। ‘नियन्त्रणमा लिने क्रममा हातपात गर्नुभयो,’ उनले भने, ‘त्यसकारण हामीले लाठी चार्ज गर्नुपरेको हो। सामान्य घटना हो।’

कार्यालयभित्रै कुटपिटको विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थालेको छ।

ad
ad