१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भूकम्पपीडितलाई नबिल बैंकको एक करोड सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५४:oo

नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामग्री उपलब्ध गराएको छ। 

प्रभावित क्षेत्रका जनताको उद्धार तथा राहतका लागि बैंकले एक करोड रुपैयाँबराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो।
 
जिल्ला विपत् व्यवस्थापन समिति जाजरकोटद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन्। 

गत शुक्रबार मध्यरात जाजरकोटलाई केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा पश्चिम नेपालमा ठूलो धनजनको क्षति भएको थियो । प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने नबिल बैंकको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो।

प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाका अनुसार बैंकले खाद्यान्न, त्रिपाल, ब्ल्यांकेट, औषधिलगायतका एक करोडबराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ। ‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मल्हम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो,’ उनले भने। 

उनले जाजरकोट र रुकुम पश्चिम दुवै क्षेत्रमा राहत सामग्री उपलब्ध गराउने जानकारी दिए। राहत सामग्री बोकेर नबिल बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुवेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेका थिए।